१६ चैत २०८०, शुक्रवार

प्रचण्ड भन्नुहुन्छ–

‘त्यस्तो राष्ट्रपति कांग्रेस भित्रैबाट पनि हुनसक्छ’

२६ माघ २०७९, बिहिवार
Image

झापा, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सक्रिय कार्यकर्ता राष्ट्रपति बन्दा बिगतमा पटकपटक दुःख पाइएको जिकीर गर्दै अब सहमतिमा राष्ट्रपति खोजिने स्पष्ट बताउनु भएको छ ।

सत्तारुढ गठबन्धनमा राष्ट्रपति नेकपा एमालेले पाउने र प्रधानमन्त्री नेकपा माओबादी केन्द्रले पाउने सहमति भएको थियो । तर पछिल्लो समय राष्ट्रपति पदका लागि नेपाली कांग्रेसले माओबादीलाई फकाइरहेको छ ।

एमाले वा कांग्रेस कुन पार्टीबाट राष्ट्रपति बन्ला भन्ने अन्योल भइरहेका बेला आज पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकमा नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री प्रचण्डले दलको सक्रिय कार्यकर्ता राष्ट्रपति बन्दा तीनपटकसम्म दुःख पाएको दुःखेसो सुनाउनु भएको थियो ।

‘कुनै राजनीतिक दलको कार्यकर्ता राष्ट्रपति हुँदा तीन चोटी दुःख पाइयो । संविधानको, गणतन्त्रको रक्षा गर्ने सर्वमान्य राष्ट्रपतिमा सहमति जुटाऔं भन्ने मेरो इच्छा हो,’ उहाँको भनाई थियो–‘त्यस्तो राष्ट्रपति एमाले भित्रैबाट पनि हुन सक्छ, कांग्रेसभित्रैबाट पनि हुन सक्छ । माओवादीभित्रैबाट पनि हुन सक्छ । अन्य साना घटकबाट पनि ल्याउन सकिन्छ । तर, त्यसो गर्दा अहिलेको गठबन्धन नटुट्ने गरी सहमतीय राष्ट्रपति खोज्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले त्यस्तो सहमतीय राष्ट्रपति एमालेबाटै हुने भनेर किटान गर्नुभएको छैन । उहाँले कांग्रेसबाट समेत हुनसक्ने भन्नुभएको छ ।

प्रचण्डले यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको बताउनु भएको ।