१५ वैशाख २०८१, शनिवार

पाउँ पाथिभराले प्रतिष्पर्धाबाट कार्यालय सचिव नियुक्त गर्ने

२६ माघ २०७९, बिहिवार
Image

मेचीनगर, २६ माघ । झापाको पाउँ पाथिभरा मन्दिर व्यवस्थापनले कार्यालय सचिव प्रतिष्पर्धाबाट नियुक्त गर्ने भएको छ ।

पाउँ पाथिभरा उत्तरगंगा पर्यटन तथा प्रवर्धन समितिले हालै कार्यालय सचिव पदको विज्ञापन प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

मन्दिरको कार्यालय सञ्चालन र लेखा राख्न कार्यालय सचिवको आवश्यकता परेको समितिका सचिव यमनाथ बरालले बताउनुभयो ।

त्यस्तो आवेदकले व्यवस्थापन संकायमा कक्षा १२ पास गरेको हुनुपर्ने र फागुन २ गतेसम्ममा निवेदन दर्ता गराइसक्नु पर्ने बताइएको छ । 

नियुक्त हुने कार्यालय सचिवले सफ्टवेयरको माध्यमबाट हिसाबकिताब राख्नुपर्ने र प्रशासनिक जिम्मेवारी सम्हाल्नु पर्ने बरालले बताउनुभयो ।

पाउँ पाथिभरा मन्दिर एक दशक अघि स्थापना भएको हो । मन्दिरमा हाल दर्शनार्थी र भक्तजनको घुइँचो लाग्ने गरेको छ । 

मन्दिरको आम्दानी पछिल्लो समय बढेको बताइएको छ भने कार्यालयलाई पूजारी र समितिका पदाधिकारी आफैले मात्र व्यवस्थापन गर्न पर्याप्त छैन । तसर्थ, समितिले मन्दिरलाई थप पारदर्शी र व्यवस्थापन गर्न प्रयास गरेको रुपमा यो कदमलाई बुझ्न थालिएको छ ।

पढ्नुहोस् यो विज्ञापन