१२ वैशाख २०८१, बुधवार

हात्तीलाई थापेको विद्युतीय धरापमा परेर मृत्यु

२८ माघ २०७९, शनिवार
Image


विर्तामोड, २८ माघ । जंगली हात्तीको आक्रमण रोक्न लगाएको विद्युतीय करेन्टमा परेर विर्तामोड नगरपालिका-७ बाह्रघरेका एक व्यक्तिको मृत्यु भएको छ ।

शुक्रवार साँझ ४९ बर्षीय खेम श्रेष्ठलाई घरबाट पिसाब फेर्न निस्कँदा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते हुनुभएको उहाँलाई उपचारका लागि विर्तासिटी लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।