११ वैशाख २०८१, मङ्गलवार

बुबा आमाको स्मृतिमा विद्यालयमा रु एक लाखको स्थापना

२८ माघ २०७९, शनिवार
Image

झापा, २८ माघ । स्व. बाबु– आमालाई जीवन्त राख्न र विद्यार्थीको पढाईको स्तरबृद्धि गर्ने उदेश्यले आफूले अध्यापन गराएको विद्यालयमा एक पूर्व शिक्षकले अक्षयकोष स्थापना गर्नुभएको छ । 

माङ्सेबुङ– २ इभाङ घर भइ हाल दमक नगरपालिकामा बसोवास गर्दै आउनुभएका जंगबहादुर कार्कीले बुबा मेहरमान कार्की र आमा टङ्कमाया कार्कीको स्मृतिमा ईभाङ माध्यमिक विद्यालयमा ‘मेहेरमान टङ्कमाया स्मृति’ रु. एक लाख राशीको कोष स्थापना गनुभएको हो । 

उहाँले सोही विद्यालयमा अध्यरत बाल कक्षादेखि १० कक्षासम्मका प्रथम हुने विद्यार्थीलाई कोषको व्याजबाट प्रत्येक बर्ष छात्रबृत्ति वितरण गरिने बताउनुभयो । कार्की सोही विद्यालयमा ३१ बर्ष शिक्षण पेशा गरी एक बर्ष अघि मात्र अवकाश हुनुभएको थियो ।

उहाँले आफूले स्थापना गरेको कोषको छात्रवृत्तिले विद्यार्थीको पढाईको स्तरबृद्धि हुने अपेक्षा गरेको बताउनुभयो ।