८ वैशाख २०८१, शनिवार

सहकारी

मेचीनगर साकोसको वार्षिकोत्सवमा काफ्ले र खतिवडा सम्मानित

२९ माघ २०७९, आइतवार
Image

मेचीनगर, २९ माघ । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको तीन कार्यकाल अध्यक्ष रहेर संस्थालाई सफल बनाउनु हुने कमल काफ्ले सम्मानित हुनुभएको छ ।

संस्थाको १५ औ. वार्षिकोत्सवका अवसरमा शनिवार एक समारोहबीच उहाँलाई संस्थाले सम्मान गरेको हो । उहाँसगै तीन कार्यकाल लेखा सुपरीवेक्षेण समितिको संयोजक रहनु भएका बासुदेव खतिवडालाई समेत सम्मान गरिएको छ ।

काफ्ले हाल संस्थाको लेखा सुपरिबेक्षण समितिको संयोजक हुनुहुन्छ भने खतिवडा सल्लाहकार समितिको संयोजक रहनु भएको छ ।

संस्थाका अध्यक्ष शिवकुमार रेग्मीको अध्यक्षता र बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

तीन दिवसीय बार्षिक उत्सव कार्यक्रम अन्तर्गत संस्थाको कला साहित्य संकृति संरक्षण तथा विकास उपसमितिद्वारा आयोजित अन्तर सहकारी नृत्य प्रतियोगितामा सहज महिला सम्बृद्धि बहुदेश्यीय सहकारी संस्था (मेचीनगर—१०) की रोजिना वन प्रथम हुनुभएको थियो ।

त्यसैगरी, मेचीनगर बचत तथा ऋण सहकारी संस्था (मेचीनगर–९) की रीजु फुयल द्वितीय, भानु बहुमुखी सहकारी संस्था (मेचीनगर—१०)की शिवानी तामाङ र अस्मिता खड्का तृतीय तथा थोप्लेबिरान महिला कृषि सहकारी संस्था (मेचीनगर—९) की उपासना आचार्य र शुभासना प्रधानले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

प्रतियोगितामा धुलाबारी क्षेत्रका ७ वटा सहकारीले सहभागिता जनाएका थिए । 

वार्षिक उत्सवकै अवसरमा महिला परिचालन उपसमितिले संस्थाको महिला सदस्यहरुलाई विवाहमा प्रयोग हुने बरणी टपरा, टपरा तथा दुना बनाउनको लागि तालिम प्रदान गरेको थियो भने संस्थाका ७० बर्ष उमेर माथिका जेष्ठ सदस्यहरु ११ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित ज्येष्ठ सदस्यहरुमा हरिबहादुर खुलाल, भुवनकुमार आचार्य, डम्बरकुमारी घिमिरे, फर्कुलाल राजबंशी, भिमबहादुर गौतम, नरसिंह श्रेष्ठ, गंगादेबी रोक्का, ईन्द्रकुमार सार्की, रुप नारायण ढुंगेल, कमलादेबी महत र लोकबहादुर कार्की रहनु भएको छ । सोही अवसरमा सामाजिक ब्यक्तित्वको रुपमा मेचीनगर—१० निवासी लिलाबहादुर पाण्डेलाई सम्मान गरिएको थियो ।

संस्थाका व्यवस्थापक मानस सिटौलाका अनुसार कार्यक्रममा कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष बीपी भट्टराईक लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव संगीता गजुरेल र स्वागत सस्थाका उपाध्यक्ष कर्णबहादुर गौतम (सुमन)ले गर्नु भएको थियो ।