१३ वैशाख २०८१, बिहिवार

जनयुद्ध दिवसमा सार्वजनिक विदा

२९ माघ २०७९, आइतवार
Image

झापा, २९ माघ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

जनयुद्धको अवसरमा राष्ट्रिय विदा दिइएको यो पहिलोपटक हो । यद्यपि गठबन्धनबाट बनेका सरकारमा जनयुद्धको कटु आलोचक दलहरु समेत सहभागी छन् ।

२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । 

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।