७ कार्तिक २०८१, बुधवार

पत्रकार गगन ढकाललाई कान्तिपुरले पुरस्कृत गर्ने

२९ माघ २०७९, आइतवार
Image

मेचीनगर, २९ माघ । पत्रकार गगन ढकाललाई कान्तिपुर पब्लिकेसन्सले पुरस्कृत गर्ने भएको छ ।

नेपाल प्रेस इन्स्टिच्युटद्वारा सञ्चालित यस वर्षको दश महिने पत्रकारिता तालिममा ढकाल सर्वोत्कृष्ट भएपछि पुरस्कृत गरिन लागेको हो ।

कान्तिपुर पब्लिकेसन्सले इन्स्टिच्यूटमा अध्ययन गर्ने प्रशिक्षार्थीहरुमध्ये सर्वोत्कृष्ट हुने एक जनालाई पुरस्कार दिने घोषणा गरेको छ ।

देशभरबाट अध्ययनरत प्रशिक्षार्थीलाई उछिन्दै पत्रकार ढकाल सर्वोत्कृष्ट हुनुभएको इन्स्टिच्युटका पूर्वाञ्चल प्रमुख वीरेन्द्र शर्माले बताउनुभयो ।

कान्तिपुरको वार्षिकोत्सवको अवसर पारेर उहाँलाई यही फागुन ७ गते काठामाडौंमा पुरस्कृत गरिने बताइएको छ ।

पत्रकार ढकालले लोकतन्त्र पोस्टबाट पत्रकारिता सुरु गर्दै हाल इजलास दैनिकमा कार्यरत हुनुहुन्छ । उहाँले काठमाडौंको बाह्रखरी अनलाइन र झापाको विचार मञ्च अनलाइनमा समेत पत्रकारिता कर्म गर्नुभएको थियो ।