१३ वैशाख २०८१, बिहिवार

गोल्डकप प्रचारका लागि दौड प्रतियोगिता

१ फागुन २०७९, सोमवार
Image

भद्रपुर, १ फागुन । झापा सदरमुकाम चन्द्रगढीस्थित मेची रंगशालामा यहि फागुन ७ देखि १६ गतेसम्म हुन गइरहेको भद्रपुर झापा मुस्ताङ गोल्ड कपको प्रचारका लागि आज ‘भद्रपुर रन २०७९’ प्रतियोगिता सम्पन्न भएको छ ।

भद्रपुरको मेची पुलबाट सोमवार विहान ७ः३० सुरु भएको दौडमा चार सयभन्दा बढीको सहभागिता रहेको थियो ।

भद्रपुर बजार, भानु चौक, संगम चोक हुँदै दौड मेची रंगशालामा पुगेर समापन भएको थियो । दौड प्रतियोगितामा भद्रपुरका शिक्षक, उद्योगी व्यापारी, प्रहरी लगायतको सहभागिता थियो ।

प्रतियोगितामा प्रथम हुने हप्ना टुडु, दोस्रो स्थानमा एपीएफका जवान आशिष कुमार भोर र तृतीया हुने सुदिप राईलाई नगद क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैया पुरस्कार दिइएको थियो । 

त्यसैगरी छात्रा तर्फ प्रथम स्थानमा विजयी हुने छात्रा सुस्मिता राई, दोस्रो हुने विन्दा राई र तेस्रो स्थानमा विजयी हुने मनिता राईलाई समेत सोही राशी बराबरको नगद पुरस्कार प्रदान गरिएको गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनु भयो । 

दौडमा टप टेनमा पर्ने सबैलाई नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

-रेवतिराज घिमिरे