१६ चैत २०८०, शुक्रवार

प्रसाईको महाअभियान

सहभागीको ठूलो भीड, प्यारीभिट्टामा कार्यक्रम सुरु

१ फागुन २०७९, सोमवार
Image

मेचीनगर, १ फागुन । अभियन्ता एवम् उद्यमी दुर्गा प्रसाईको नेतृत्वमा आज सुरु हुने ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन कार्यक्रम काँकरभिट्टा र इटाभट्टाको बीचमा रहेको प्यारीभिट्टा बसपार्कमा भइरहेको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहको समेत उपस्थिति रहने प्रचार गरिएका कारण कार्यक्रमस्थलमा सर्वसाधारणको ठूलो भीड लागेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन महाअभियान सञ्चालन गरिएको आयोजकहरुको भनाई छ ।


अपराह्न १ बजेसम्म पूर्वराजा शाह कार्यक्रमस्थलमा आइपुग्नु भएको छैन । तर उद्घोषक रमा सिंहले उहाँको सवारी हुने बताइरहनु भएको छ ।

काँकरभिट्टाको मेची पुलमा कार्यक्रम गर्ने आयोजकको तयारी थियो । तर प्रशासनले नाकामा अनावश्यक भीड जम्मा हुँदा अप्ठेरो हुने भनेकाले कार्यक्रम प्यारीभिट्टा बसपार्कमा सारिएको बताइएको छ ।

कार्यक्रमस्थलमा भब्य मञ्च बनाइएको छ । टाढा टाढाबाट बस र अरु सवारी साधन चढेर सहभागीहरु आउने क्रम जारी छ ।

मञ्चमा अभियन्ता दुर्गा प्रसाई एक्लै आसनग्रहण गरिरहनु भएको छ भने धर्मगुरु लगायतका अतिथिहरु मञ्च अगाडिको भुइँमै अग्रभागमा बस्नु भएको छ ।

धार्मिक नेता र महाअभियानका विभिन्न नेताहरुले सहभागीहरुलाई सम्बोधन गरिरहेका छन् । 


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।