१५ वैशाख २०८१, शनिवार

अहिले भर्खरै

पूर्वराजा ज्ञानेन्द्र शाह कार्यक्रमस्थलमा

३ फागुन २०७९, बुधवार
Image

मेचीनगर, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह अयिभन्ता दुर्गा प्रसाईले आयोजना गर्नुभएको ‘नागरिक बचाउ महाअभियान’को उद्घाटनस्थलमा आइपुग्नु भएको छ ।

अपराह्न २ बजे पूर्वराजा शाह मेचीनगर–६ प्यारीभिट्टास्थित बसपार्कमा जारी उद्घाटन कार्यक्रममा आइपुग्नु भएको हो ।

उहाँ आउँदा सहभागीहरुले जयजयकार गरेका थिए । पूर्वराजा शाह आउने प्रचार गरिएपछि कार्यक्रमस्थलमा सर्वसाधारणको ठूलो भीड लागेको छ ।

मञ्चमा अयिभन्ता प्रसाईले पूर्वराजा शाहलाई स्वागत गर्नुभएको छ ।

कार्यक्रममा पूर्व राजकुमार पारश शाह, पूर्व राजकुमारी शिताष्म शाह आउनु भएको छ ।

मञ्चमा पूर्व राजपरिवारसँगै अभियानका संयोजक प्रसाई पनि लहरै बस्नु भएको छ ।

लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।