८ वैशाख २०८१, शनिवार

उद्घाटन लगत्तै नबोली फर्किए पूर्वराजा (हेर्नुहोस् तस्वीरहरु)

१ फागुन २०७९, सोमवार
Image

मेचीनगर, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले ‘नागरिक बचाउ महाअभियान’को दीप प्रज्ज्वलनसहित उद्घाटन गर्नुभएको छ ।

बीएन्डसी हस्पिटलका सञ्चालक एवम् अभियन्ता दुर्गा प्रसाईले आज आयोजना गर्नुभएको कार्यक्रममा पूर्वराजा शाह आफ्नो परिवारसहित आउनु भएको हो ।

पूर्वराजा शाहले शान्तिको प्रतीक सेता परेवाको जोडी समेत उडाउनु भएको छ ।

उद्घाटनमा केहीबेर बसेर पूर्व राजा शाहसहित उहाँको परिवार कार्यक्रमस्थलबाट बाहिरिएको छ ।

पूर्वराजा शाहले कार्यक्रममा उपस्थित सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काए तापनि सम्बोधन भने गर्नुभएन ।

पूर्वराजा शाह कार्यक्रमस्थलबाट हिँड्ने बित्तिकै महाअभियानका संयोजक दुर्गा प्रसाईले उद्घाटन समारोहलाई सम्बोधन गर्न सुरु गर्नुभएको छ ।


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।