१५ वैशाख २०८१, शनिवार

मितेरीले थप्यो दुईवटा सुविधायुक्त गाडी

१ फागुन २०७९, सोमवार
Image

धनुषकोटीधाम, १ फागुन । मितेरी यातायात एण्ड अटो प्रालिले थप दुई वटा सुविधायुक्त गाडी सञ्चालनमा ल्याएको छ ।

प्रालिले धनुषकोटीधाममा फागुन ३ गतेदेखि यात्रुको सेवालाई ध्यानमा राखेर थप २ वटा मितेरी बस सञ्चालनमा ल्याउने भएको हो ।

कनकाईको धनुषकोटीधाम एवम् पर्यटकिय बनभोज स्थलमा सोमबार २ वटा गाडीको विधिवत पुजा गरेर बस सञ्चालनमा ल्याएको पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहालले बताए ।

बनभोजसहितको कार्यक्रममा यातायात व्यवसायी, कर्मचारी र मजदुरहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

२०६२ सालमा स्थापित मितेरी यातायात एण्ड अटो प्रालिको व्यवस्थापन पूर्वी हिमाल यातायात प्रालिले गरिरहेको उनले बताए ।

प्रालिले यात्रुको सेवालाई ध्यानमा राखेर मितेरीका ३२ वटा गाडीहरु झापादेखि देशका विभिन्न जिल्लामा सञ्चालन गरिरहेको अर्का सञ्चालक अर्जुन कडरियाले जानकारी दिए ।