४ वैशाख २०८१, मङ्गलवार

हाँस्य कलाकार म्याकुरी पक्राउ

३ फागुन २०७९, बुधवार
Image

झापा, ३ फागुन । म्याकुरी थेगोका कारण चर्चित कलाकार पवन खतिवडालाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेलबारी नगरपालिका वडा नं. ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी वडा नं. १ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यस क्रममा विवाद हुँदा उक्त घटना भएको हो । 

त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

अहिले पीडित कार्की र कलाकार खतिवडाबीच मेलमिलापका लागि छलफल चलिरहेको छ ।