१४ वैशाख २०८१, शुक्रवार

धुलाबारीका खनाल हल्दिबारीको जंगलमा मृत भेटिए

३ फागुन २०७९, बुधवार
Image

मेचीनगर, ३ फागुन । मेचीनगर वडा नं. १० का ४८ वर्षीय भेषराज खनाल हल्दिबारीको जंगलमा मृत फेला पर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार खनाल आज अपराह्न ३ बजेतिर हल्दिबारी गाउँपालिका वडा नं. ५ स्थित शान्ति सामुदायिक बनमा सखुवाको रुपमा मृत अवस्थामा फेला पर्नु भएको हो ।

सहकारीको बचत संकलन गर्दै आएका खनाल माघ २५ गतेदेखि सम्पर्कविहीन भएको भनी परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि निवेदन दिएको समेत डीएसपी रिजालले जानकारी दिनुभयो ।