१४ वैशाख २०८१, शुक्रवार

ग्याँस सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा घाइते

४ फागुन २०७९, बिहिवार
Image

झापा, ४ फागुन । ग्याँस सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उहाँकी  ८६ वर्षीया आमा घाइते हुनुभएको छ । 

काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा राति खाना आइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा घाइते हुनुभएको थियो । 

हाल उहाँहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक सन्जालमा लेख्नु भएको छ ।

चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।