१६ चैत २०८०, शुक्रवार

ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

४ फागुन २०७९, बिहिवार
Image

झापा, ४ फागुन । ग्याँस सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको हो । 

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते हुनुभएको थियो ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।