१५ चैत २०८०, बिहिवार

सांसद भण्डारीलाई भारत लगियो

४ फागुन २०७९, बिहिवार
Image

झापा, ४ फागुन । घरमा आगलागी हुँदा जलेर घाइते भएका कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

सांसद भण्डारीलाई कीर्तिपुरको अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधा सम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको छ ।

भण्डारीको स्वास नलीमा असर परेको र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै मुम्बइ लगिएको हो ।

अस्पतालका चिकित्सकका अनुसार भण्डारीको अवस्था गम्भीर छ । श्वासप्रश्वासको नली सुन्निन थालेको कारण जटिलता थपिँदै गएको छ । एयर एम्बुलेन्सको रुपमा लगिएको सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको छ । नर्भिकबाट ६ जना चिकित्सकको टोली पनि मुम्बई गएको छ ।

६ जनाको टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् । क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति, फ्लाइट डाक्टर डा.रोशन शर्मा तथा तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ छन् ।