१४ वैशाख २०८१, शुक्रवार

सभामुख र उपसभामुख दुवैलाई गृह जिल्लामा सम्मान

४ फागुन २०७९, बिहिवार
Image

झापा, ४ फागुन । पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृह जिल्ला आउनुभएका देवराज घिमिरे र इन्दिरा रानामगरलाई आज सम्मान गरिएको छ ।

एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख जस्तो गरिमामय पदमा पुग्न सफल भएकोमा विर्तामोड नगरपालिकाले उहाँहरुलाई भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।  

घिमिरे नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने सोही क्षेत्रबाट राना राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।

शुक्रबारबाट विर्तामोडमा शुरु हुने १० दिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९को समुद्घाटन गर्न सभामुख घिमिरे गृह जिल्ला आउनु झापा आउनुभएको हो । उहाँहरुलाई शुक्रवार विहान अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम राखिएको छ । ---