१८ असोज २०८१, शुक्रवार

पाठामारीमा उपभोक्ता जागरण कार्यक्रम

५ फागुन २०७९, शुक्रवार
Image

भद्रपुर, ५ फागुन । उपभोक्ता जागरण अभियान नेपाल र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कचनकबलस्थित पाठामारीको जानकी आधारभूत बिद्यालयमा विहीवार कार्यक्रम भएको हो ।

सर्वसाधारण उपभोक्ता, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली र साल्ट ट्रेडिङका विर्तामोड कार्यालयका प्रमुख प्रेम भट्टराईले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

आयोडिन मानव शरीरका लागि आवश्यक वस्तु भएको र यसको अभावमा मानिसमा आलस्यता बढ्ने, ज्ञान र बुद्धिमा असर गर्ने, गलगाँड आउने, लठेब्रो हुने, बाल मृत्युदर बढ्ने, गर्भ तुहिने जस्ता समस्या हुने हुँदा संसारभर फेब्रुअरी महिनामा आयोडिन सचेतना महिनाको रुपमा मनाउने प्रचलन रहेको अभियानका केन्द्रीय अध्यक्ष मार्सेलीले बताउनुभयो ।

नेपालमा दुई बच्चाको चित्र भएको आयो नुनमा आयोडिन राखेर देशभर आपूर्ति गर्ने जिम्मेवारी सरकारले साल्ट ट्रेडिङलाई दिएको साल्ट ट्रेडिङका प्रमुख भट्टराईले बताउनुभयो ।

कार्यक्रममा जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेताको अर्थ र चेतनाका विषयमा प्रशिक्षण दिइएको थियो । आम उपभोक्ताको जीउ ज्यान, स्वास्थ्य र सम्पत्तिको संरक्षणका लागि उपभोक्ता जागरण अभियान नेपालले विभिन्न स्थानमा यस्तै खालका उपभोक्ता शिक्षा प्रदान गर्दै आएको छ ।