२३ भदौ २०८१, आइतवार

कागज उद्योगमा ड्रम विस्फोट हुँदा एकको मृत्यु, तीन घाइते

५ फागुन २०७९, शुक्रवार
Image

मेचीनगर, ५ फागुन । नेपाली हाते कागज उद्योगमा ड्रम बिष्फोट हुँदा शुक्रवार एक मजदूरको मृत्यु भएको छ भने तीजना घाइते भएका छन् । 

विर्तामोड नगरपालिका–७ मा रहेको कृष्णप्रसाद खरेलले सञ्चालन गरेको नेपाली हाते कागज उद्योगमा कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा खोटाङ मानेभन्ज्याङ गाउँपालिका– ३ घर भएका १९ बर्षीय सरोज सुन्दास रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

ड्रम बिष्फोट हुँदा सुन्दाससहित रोमन राई, राजन विक, लक्ष्मीप्रसाद खरेल घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा सुन्दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।