१६ चैत २०८०, शुक्रवार

रोटरीद्वारा नगरपालिकालाई १०० थान ‘पाङ्ग्रे कुर्सी’ हस्तान्तरण

६ फागुन २०७९, शनिवार
Image

मेचीनगर, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई एकसय थान व्हिल चियर (पाङ्ग्रे कुर्सी) हस्तान्तरण गरेको छ ।

आज नगरपालिकाको सभा हलमा आयोजित रोटरीका अध्यक्ष सुजन प्रधानको टिमले नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सो संख्यामा पाङ्ग्रे कुर्सी हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाको कार्यपालिकाको वैठकले १०० थान पाङ्ग्रे कुर्सी खरिद गर्ने निर्णय गरेको थियो । सोहि अनुसार रोटरीले १३ हजार ५ सय पर्ने सो कुर्सी ४ हजार रुपैयाँ प्रति थानले ढुवानी खर्च बापतको रकम मात्र नगरपालिकालाई लिने भएको छ ।

नगरपालिकाले सो कुर्सी ढुवानी खर्च गरे वापतको ४ लाख रकम रोटरीलाई भुक्तानी गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

चीन स्थित मेगवान सिटीको उद्योगबाट १०० थान पाङ्ग्रे कुर्सी द काउ जोन जी फाउण्डेशन ताइवान, रोटरी क्लब अफ धुलिखेल र काँकरभिट्टा रोटरीको सहयोगमा नगरपालिकालाई सर्वसुलभ मुल्यमा बिक्री वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले कार्यविधि अनुसार अपठेरोमा परेकाहरुलाई सहज तरिकाले वितरण गरिने बताउनुभयो । उहाँले सस्तो मुल्यमा ल्याइदिने संस्था रोटरी क्लबलाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा उपप्रमुख उप्रेतीले कार्यविधि अनुसारअतिविपन्न र असक्क्तहरुलाई वितररण गरिने बताउनुभयो । कार्यक्रममा रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष रोहित बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी मेचीनगर–५, ६ र १० नम्बर वडाका ५ जना असक्क्त व्यक्तिलाई पनि पाङ्ग्रे कुर्सी वितरण गरिएको रोटरीले जनाएको छ ।

रोटरी क्लब काँकरभिट्टाका अध्यक्ष सुजन प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रेसिडेन्ट इलेक्ट रुद्र मैनाली र सञ्चालन एडमिट्रेसन चियर उदयकुमार श्रेष्ठले गर्नु भएको थियो ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।