२३ वैशाख २०८१, आइतवार

प्रथम वडाध्यक्ष कप

उपाधि धुलाबारी बजार क्षेत्रलाई

६ फागुन २०७९, शनिवार
Image

मेचीनगर, ६ फागुन । मेचीनगर–९ मा आयोजना भएको प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । 

शनिबार सम्पन्न फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३–२ गोल अन्तरले हराउँदै धुलाबारीले उपाधि हात पारेको हो ।

वडा नम्बर ९ स्थित कवि शिरोमणी माविको खेल मैदानमा जारी पहिलो हाफको आठौँ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न नसक्दा हार व्याहोर्नु परेको थियो । 

धुलाबारीले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो । जस्ले गर्दा जितलाई सहज बनायो । खेलको ४२ औँ मिनेटमा र ६० औँ मिनेटमा थप १ गोल गर्दै धुलाबारीले ३ गोल गर्न सफल भयो ।

खेलको अन्त्यतिर मागुरमाडीले १ गोल फर्काए पनि २ गोलमा चित्त बुझाउनु पर्यो । उपाधिसगैँ धुलाबारीले नगद ४० हजार र उपविजेता टिम मागुरमाडीले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको वडा सदस्य एवम् खेलकुद विकास समितिका संयोजक राजन खड्काले बताउनुभयो ।

गत माघ २७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा मेचीनगर–९ को ९ वटा टोलका ९ वटा टिमको सहभागिता रहेको थियो ।

फाइनल खेलको समापनका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले खेलाडीलाई बल दिएर प्रतियोगिता सुरु गर्नु भएको थियो । 

समापनको अध्यक्षता वडाध्यक्ष कञ्चन तामाङले र सञ्चालन खेलकुद विकास समितिका सचिव राजु धिमालले गर्नु भएको थियो ।