१५ वैशाख २०८१, शनिवार

दलहरुसँग पूर्वराजाको प्रस्ताव–‘सहकार्य गरौं’

७ फागुन २०७९, आइतवार
Image

झापा, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रतिकूल अवस्थामा पनि देश छाडेर नगएको तर्कसहित राजसंस्था र दलहरुबीच सहकार्यको प्रस्ताव राख्नु भएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना जारी गर्दै उहाँले बशुसंख्यक जनताको अभिमतलाई नेपालको राजसंस्थाले मान्ने गरेको बताउनुभयो ।

मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो वक्तव्यमा भन्नुभएको छ– ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’