१६ चैत २०८०, शुक्रवार

जनताको अवस्था बदल्न प्रतिबद्ध छु : प्रधानमन्त्री प्रचण्ड

७ फागुन २०७९, आइतवार
Image

झापा, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र दिवसमा आज शुभकामना सन्देश जारी गर्दै समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्था अनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ ।

प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित प्रधानमन्त्रीले समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।