२३ भदौ २०८१, आइतवार

वशिष्ट आश्रमको शिलान्यास

७ फागुन २०७९, आइतवार
Image

काँकरभिट्टा, ७ फागुन । महाशिवरात्रीको अवसर पारेर भट्टराई कुल बंश प्रतिष्ठान काँकरभिटा शाखाले वशिष्ट आश्रमको शिलान्यास गरेको छ ।

मेचीनगर वडा नं. ६ काँकरभिटास्थित शान्ति टोलमा शनिवार बिहान ७ बजे आश्रमको बन्धुहरुले सामूहिक शिलान्यास गरेका हुन् ।

आश्रम निर्माणका लागि स्थानीय ढाकाप्रसाद र केन्द्रप्रसाद भट्टराईले १५ धुर जमिन दान गर्नु भएको छ । 

सो अवसरमा प्रतिष्ठानका वरिष्ठ केन्द्रिय सदस्यहरु चन्द्रकुमार भट्टराई, प्राज्ञ सदस्य सुभद्रा भट्टराई, संस्थाका अध्यक्ष शंकर भट्टराई, रुपनारायण भट्टराई, नेत्र भट्टराई, सचिव सुमन भट्टराई लगायतले शिलापूजन गर्नु भएको थियो ।