५ जेठ २०८१, शनिवार

अलैंची व्यवसायी महासंघको टोली दुवई प्रस्थान

७ फागुन २०७९, आइतवार
Image

झापा, ७ फागुन । नेपाल अलैंची व्यवसायी महासंघको टोली दुवई प्रस्थान गरेको छ । 

फेब्रुरी २० देखि २४ तारिखसम्म हुने गल्फ फुड एक्जिवेशनमा सहभागी हुन महासंघको केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा व्यसायीहरुको टोली आज युएइ प्रस्थान गरेको हो ।

नेपाल सरकार व्यापार तथा निकासी प्रबद्धन केन्द्रको सहजिकरणमा हुन गइरहेको मेलामा नेपाली कृषि जन्य बस्तु अलैंची, चिया, अदुवा लगायतको पनि स्टल रहने महासंघले जनाएको छ ।

बिगत केहि बर्षदेखि नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा चिनाउन र व्यापार बिस्तारमा समेत ठुलो टेवा पुग्ने अपेक्षासहित महासंघको टोली युएइ गएको महासंघका अध्यक्ष भट्टराईले जानकारी दिए ।  

नेपाली अलैंचीको मूख्य बजार दुवई भएकाले आफ्नो पहिचान स्थापित हुनेमा आफुहरु आशावादी रहेको उनले बताए ।

टोलीमा अध्यक्ष भट्टराई सहित महासंघका सल्लाहकार भरत चौधरी, महासंघ कार्य समिति सदस्य तथा व्यवसायीहरु सञ्जिव घिमिरे र विरोध सुवेदी सहभागी रहेको महासंघका कार्यालय प्रमुख अनिल ढुंगानाले बताए ।