२५ असोज २०८१, शुक्रवार

राष्ट्रपतिमा सघाउने अन्तिम निर्णय प्रचण्ड एक्लैले गर्ने

८ फागुन २०७९, सोमवार
Image

झापा, ८ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको छ । 

‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो ।’

पदाधिकारी बैठकले राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । 

उपाध्यक्ष महराले भने, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो । यो कोसँग मिल्छ, हेर्दै जानुहोला ।’