२३ भदौ २०८१, आइतवार

पत्रकार ढकाल पुरस्कृत, सम्झिए छात्रवृत्ति दिने मेचीनगरलाई

८ फागुन २०७९, सोमवार
Image

मेचीनगर, ८ फागुन । नेपाल प्रेस इन्स्टिच्यूटले वर्ष उत्कृष्ट प्रशिक्षार्थी घोषणा गरेका पत्रकार गगन ढकाल कान्तिपुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

नेपाल प्रेस इन्स्टिच्यूटको दश महिने पत्रकारिता अध्ययन गर्ने प्रशिक्षार्थीहरुमध्येबाट ढकाल सर्वोत्कृष्ट हुनुभएको थियो । उहाँलाई रु. ७ हजार नगदसहित कान्तिपुर पब्लिकेसनले वार्षिकोत्सवको अवसर पारेर पुरस्कृत गरेको हो ।

लोकतन्त्र पोस्ट दैनिकबाट पत्रकारिता आरम्भ गर्नुभएको ढकाल मेचीनगर वडा नं. ३ निवासी हुनुहुन्छ । उहाँलाई इस्न्टिच्युटमा अध्ययन गर्नका लागि मेचीनगर नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको थियो ।

निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती  र वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्तीको पहलमा नगरपालिकाले आफ्नो इतिहासमै पहिलोपल्ट ढकाललाई पत्रकारिता अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको थियो । 

पुरस्कृत पत्रकार ढकालले छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाप्रति आभार व्यक्त गर्नुभएको छ ।