२ कार्तिक २०८१, शुक्रवार

तारापुञ्ज माविको वार्षिकोत्सव

विद्यार्थीलाई कितावी ज्ञानले मात्र नपुग्ने : मेयर बुढाथोकी

८ फागुन २०७९, सोमवार
Image

मेचीनगर, ८ फागुन । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले विद्यालयले पुस्तकको ज्ञान मात्र दिएर नपुग्ने बताउनु भएको छ ।

आज मेचीनगर–६ स्थित तारापुञ्ज माविको २०औँ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मेयर बुढाथोकीले विद्यालयले पाठ्यपुस्तकको शिक्षण मात्र दिएर नपुग्ने भन्दै अन्य अतिरिक्त क्रियाकलापमा पनि समावेश गरे विद्यार्थीहरुको सर्वाङ्गीण विकास हुने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत होमनाथ भण्डारी, विद्यालयका अभिभावक सन्तोष आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वार्षिकोत्सवमा विद्यार्थी तथा अभिभावकहरुले नित्य, गीत तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । सहभागिता जनाउने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रधानाध्यापक ओमप्रकाश दाहालले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

तारापुञ्ज माविका व्यवस्थापन समितिका अध्यक्ष हरि तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सवागत विद्यार्थी दक्षिणा वस्नेत र सञ्चालन शिक्षक अनिल विष्टले गर्नु भएको थियो ।