२ कार्तिक २०८१, शुक्रवार

चर्को व्याज असुल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी

९ फागुन २०७९, मङ्गलवार
Image

झापा, ९ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक, लघुवित्त तथा वित्तीय संस्थाहरुको निग्रानी बढाएको छ । 

पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियमविपरीत चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र समयमा किस्ता बुझाउन नसकेपछि विभिन्न धाक, धम्की दिएको भन्दै पीडितले पार्टीमा उजुरी गरेका थिए । 

केही समयदेखि पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीको नेतृत्वको टोलीले प्रत्यक्ष जनतामाझ गएर जनताका समस्या तथा गुनासो बुझिरहेको थियोे । 

जनताको समस्या सहित यतिबेला पार्टीका नेता तथा कार्यकर्ता वित्तीय संस्थाका कार्यालयहरुमा पीडित सहित छलफल गरिरहेका छन् । जनता ठग्ने बैंक तथा वित्तीय संस्थाहरु नसच्चिए कारबाही गरिने ब्युरो इन्चार्ज सुमनसिंहले चेतावनी दिएका छन् ।