२ कार्तिक २०८१, शुक्रवार

कडा सुरक्षा घेरामा हातेमालोको साधारणसभा

१० फागुन २०७९, बुधवार
Image

धुलाबारी, १० फागुन । हातेमालो सामुदायिक वन उपभोक्ता समितिको नवौं बार्षिक साधारणसभा बुधबार प्रहरीको कडा सुरक्षा घेरामा सुरु भएको छ । 

मेचीनगर नगरपालिका–१३ मा रहेको बनको साधारणसभा गर्न “ख” समूहलाई अधिकार नदिएको भन्दै उपभोक्ता समूहले विरोध गरेपछि सुरक्षाकर्मीको घेरामा साधारणसभा गरिएको हो ।

साधारणसभा गर्ने क समूहलाई मात्र अधिकार दिएको र “ख” लाई नभएको भन्दै अहिले पनि विरोध भइरहेको छ । कार्यक्रम जिल्ला सामुदायिक वन उपभोक्त महासंघका अध्यक्ष बेदराज भण्डारीको प्रमुख आतिथ्यता कार्यक्रम भएको छ ।

उपभोक्ताले विरोध गरिरहँदा समेत भइरहेको साधारणसभाको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बनलाई उद्घाटन मात्र गर्न र बन्द सत्र सबै उपभोक्ता मिलेर गर्ने निर्देशन दिनुभएको छ ।