२३ भदौ २०८१, आइतवार

झापामा नौ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

११ फागुन २०७९, बिहिवार
Image

भद्रपुुर, ११ फागुन । हात्तीपाईले रोग नियान्त्रण अन्तरगतको ११ औं  पटकसम्मको  अभियान असफल भएपछि  १२ औं आम औषधी सेवन अभियानको सुरुवात भएको छ ।  

स्वास्थ्य कार्यालय झापाको आयोजनामा जिल्ला प्रशासन कार्यलयमा विहिवार आयोजित कार्यक्रमका बीच जिल्ला समन्वय समिति  प्रमुख विश्वनाथ बराल र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले एक साथ औषधी सेवन गरेर अभियानको थालनी भएको हो ।

 नेपाल सरकारले  निरन्तरको ६ बर्षसम्मको अभियानमा हात्तीपाईले रोग नियान्त्रण गर्ने गरी सन् २०१३ मा सञ्चालन गरेको हो । औषधी  सेवन गरेर अभियानको सुभारम्भ गर्दै  समन्वयन समिति प्रमुख बरालले झापामा आमनागरिकले नियमित रुपमा औषधी सेवन नगर्दा प्रकोप जस्ताको बताउँदै  सबै समुदायले अनिवार्य औषधी खाएर अभियान सफल बनाउन आग्रह गर्नुभयो ।

     उहाँले हात्तिपाईले रोगविरुद्धको औषधीले कुनै असर नगर्ने भन्दै सबै समुदायले औषधी खान सबैले पे्ररित गर्नुपर्नेमा जोड दिनु भयो । विगत बर्षहरुमा भन्दा यस बर्ष फरक तरिकाले मानिसको उचाइ नापेर  आवश्यता अनुसरा नौ ट्याब्लेट सम्म औषधी सेवन गर्नु पर्ने व्यवस्था सरकारले गरेको हात्तीपाइले रोग नियन्त्रण झापाका फोकल परसन तथा स्वास्थ्य अधिकृत बिश्वनाथ श्रेष्ठले बताउनुभयो । 

 यहि फागनु २५ गतेसम्म दुई हप्ता  चल्ने अभियानमा सात सय  जना तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट नौ लाख जनसंख्याको  हाराहारीमा औषधी सेवन गराईने श्रेष्ठको भनाई छ  ।  गत बर्षको अभिलेख अनुसार जिल्लामा १ सय ४० जना हात्तीपाईले रोगबाट ग्रसित  हाईड्रोसिलका विमारी र १ सय ४६ जना खुट्टा सुनिएका विमारी रहेका छन् ।

सुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेल लगायतका जनस्वास्थ्य अधिकृत रमेश बाह«कोटी लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो । १५ वटा पालिकामा एक साथ  यो अभियानको सुभारम्भ गरिएको छ ।