२३ भदौ २०८१, आइतवार

अभियन्ता रमेश प्रसाई गृहजिल्लामा सम्मानित

११ फागुन २०७९, बिहिवार
Image

झापा, ११ फागुन । सामाजिक अभियन्ता रमेश प्रसाईं गृहजिल्लामा सम्मानित हुनु भएको छ ।

मेचीनगर–१३ स्थित चारआलीमा रहेको आइतमाया थेवे स्मृति प्रतिष्ठानले विहीवार प्रसाईसहित १६ जना प्रतिभालाई सम्मान गरेको हो । 

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले प्रतिष्ठानको वार्षिकोत्सवमा प्रसाईंलाई नगद २५ हजार १२५ रूपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गर्नुभयो ।

सम्मानित हुनेहरूमा उपसभामुख इन्दिरा रानामगरदेखि नेपाली राष्ट्रिय क्रिकेट महिला टिमकी क्याप्टेन रूविना क्षेत्री, विश्व साइकल यात्री पुष्कर शाहलगायत रहेका छन् ।

प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सम्मान कार्यक्रममा नगर प्रमुख बुढाथोकी, अग्रज पत्रकार चन्द्र भण्डारी, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, समाजसेवी गणेश कुमारी न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

आइतमाया थेवे स्मृति प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव विश्व थापाले गर्नु भएको थियो ।