२ कार्तिक २०८१, शुक्रवार

काठमाडौंमा पूर्वेली कानुन विद्यार्थी मञ्च गठन

११ फागुन २०७९, बिहिवार
Image

झापा, ११ फागुन । काठमाडौंका विभिन्न ल क्याम्पसहरुमा अध्ययन गरिरहेका प्रदेश नम्बर १ का विद्यार्थीहरुको बृहत भेलाले समीर रिजालको अध्यक्षतामा पूर्वेली कानुन विद्यार्थी मञ्च गठन गरेको छ । 

नेपाल ल क्याम्पस, नेशनल ल कलेज, चक्रवर्ती हावी ल कलेज र काठमाडौँ स्कुल अफ ल मा कानुन अध्ययरत पुर्वेली विद्यार्थीहरुको भेलाले उपाध्यक्षमा मनिष भट्टराई, विश्व कार्की, सुदिप न्यौपाने र अनुस्का दाहाललाई चयन गरेको छ । 

केही देखि अघि भएको भेलामा महासचिवमा सरोज कट्टेल, कोषाध्यक्षमा संगीता राई र सचिवहरुमा बर्षाद भट्टराई, जागृत आचार्य, राम्बोहाङ राई, समीक्षा उप्रेतीलाई सर्वसम्मत चयन हुनुभएको छ ।

मञ्चका सदस्यहरुमा आदिवासी जनजातिबाट मनिष तामाङ, मधेशी मुश्लिममा खालिद अन्सारी, महिला सदस्यमा आहिस्ता कार्की, अस्मिता न्यौपाने, खुल्लामा देवाङ्श कोइराला, माजिद अन्सारी, अभिषेक बास्कोटा, प्रज्वल बराल र स्तुति ओली रहेका छन् । 

उपत्यकामा छरिएर रहेका कानुन अध्ययन गर्ने पूर्वेली विद्यार्थीले एकापसमा सहयोग र सहकार्य गर्ने उद्देश्यले मञ्चको स्थापना गरेको महासचिव समिर कट्टेलले बताउनुभयो । संस्थाले विद्यार्थीहरुको हकहितलाई मध्यनजर गर्दै कालान्तरमा आइपर्ने आन्तरिक समस्याहरुको सही निरुपण गर्न समेत यस संस्थाले सहयोग पुग्ने उहाँको भनाई छ ।