१२ साउन २०८१, शनिवार

भानुको निःशुल्क शिविरमा २७० जनाले जँचाए आँखा

११ फागुन २०७९, बिहिवार
Image

धुलाबारी, ११ फागुन । मेचीनगरको भानु बहुमुखी सहकारी संस्थाले मेचीनगर-१० स्थित शिशु साक्षर आधारभूत विद्यालयमा आज आँखा उपचार शिविर आयोजना गरेको छ ।

संस्थाकी व्यवस्थापक चन्दा सिटौलाका अनुसार शिविरमा मेची आँखा अस्पतालले प्राविधिक सहयोग पुर्याएको थियो ।

शिविरमा २७० जनाको आँखा जाँच गरिएकोमा १९ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

संस्थाले आफ्ना सदस्य र सर्वसाधारणको सुविधाका लागि आँखाको निःशुल्क उपचार शिविरको आयोजना गरेको अध्यक्ष गोपाल चुडालले बताउनुभयो ।