२३ भदौ २०८१, आइतवार

एनसीसीका विद्यार्थीहरुद्वारा सरसफाइ तथा वृक्षारोपण

११ फागुन २०७९, बिहिवार
Image

मेचीनगर, ११ फागुन । नेशनल क्याडेट कोर्स (एनसीसी) का विद्यार्थीहरुले मेचीनगरमा सरसफाइ तथा वृक्षारोपण गरेका छन् ।

राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय र मध्य तालिम शिक्षालय अन्तरगत एनसीसीका छात्र–छात्राहरुले मेचीनगर स्थित आम्दा अस्पताल र धुलाबारी स्वास्थ्य चौकी परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका हुन् ।

सो कार्यक्रम धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी मावि एनसीसीका क्याडेट छात्र–छात्राहरुले विभिन्न प्रकारका विरुवा रोपेर सरसफाइ गरेको जनाएको छ । 

२०७५ सालदेखि एनसीसी कार्यक्रममा सहभागी होराइजनले राष्ट्रिय सेवा दलबाट दिक्षित विद्यार्थीहरुलाई विभिन्न जनचेतना मुलक र सामाजिक कार्यमा सहभागिता गराउँदै आएको प्रिन्सिपल सञ्जीव राईले बताउनु भयो ।

सो विद्यालयबाट हालसम्म सिनियर र जुनियर गरी १४४ जना विद्यार्थी पूर्वी तालिम शिक्षालय मोरङको यङ्शीला र मध्य पूर्वी तालिम शिक्षालय महोतरीबाट दिक्षित भईसकेको समन्वय शिक्षक विकास ग्वालले जानकारी दिनुभयो ।

यूवाहरुमा अनुशासन, बफादारी, इमानदारी, व्याक्तित्व र क्षमता विकास गर्नुका साथै राष्ट्रभावको विकास गराउन, विपत व्यवस्थापन गर्न, युवा जनशक्ति तयार गर्नका लागि सरकारले वर्षेनी देशभरिबाट ४ वटा शिक्षालय मार्फत एनसीसी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।