१४ वैशाख २०८१, शुक्रवार

माधव नेपाललाई सहमतीय राष्ट्रपति बनाउन पहल

१२ फागुन २०७९, शुक्रवार
Image

झापा, १२ फागुन । नेकपा माओबादी र नेकपा एमालेबीच आज राष्ट्रपतिको उम्मेद्वारका रुपमा नेकपा एसका अध्यक्ष माधव नेपाललाई अघि सार्ने विषयमा निर्णायक वार्ता हुने भएको छ ।

माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने यो वार्ता निष्कर्षमा पुगेमा सत्तारुढ गठबन्धन जोगिने छ ।

यदि माओबादीले आनाकानी गरे राजनीतिले नयाँ कोर्स लिने र अहिलेको गठबन्धन भत्किएर कांग्रेससहितको पुरानो गठबन्धन व्युँतिने छ ।

माओबादी अध्यक्ष प्रचण्ड कांग्रेसबाट उम्मेद्वार बन्नु पर्ने धारणामा सहमत जस्तै छन् भने एमालेले आफ्नो पार्टीबाट नहुने हो भने माधव नेपाललाई भए पनि दिन सकिने प्रस्ताव गरिसकेको छ ।

नेकपा माओवादी, नेकपा एस र जसपाका नेताहरु विहीवार वार्तामा जुटेका थिए । उक्त वार्तामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने विषयमा अनौपचारिक सहमति भएको बताइएको छ ।

यही सहमतिका आधारमा आज प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेससँग समेत निर्णायक वार्ता गर्ने हुनु भएको हो ।