२२ वैशाख २०८१, शनिवार

बिर्तामोड महोत्सव

जिल्ला प्रशासन कार्यालयद्वारा अनुगमन

१२ फागुन २०७९, शुक्रवार
Image

झापा, १२ फागुन । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको जिल्ला प्रशासन कार्यालय झापाले अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहाल सहितको टोलीले महोत्सव स्थलको अनुगमन गरेको हो ।

महोत्सवले व्यापारी–व्यवसायी र उद्योगीमा आशा जागृत गरेको दाहालको भनाई छ । विगतको तुलनामा उपस्थिति कम जस्तो देखिएपनि कोरोनाले थलिएको बजार क्रमिक रुपमा उठ्दैछ भन्ने सन्देश दिएको दाहालले बताउनु भयो ।

उहाँले नेपालसहित विश्व नै आर्थिक चपेटाबाट गुज्रिरहेको अवस्थामा व्यापारीहरुलाई प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गर्ने आँट गर्नु नै ठूलो कुरा भएको बताउदै व्यापारी–व्यवसायीलाई पनि क्रमिक रुपमा व्यवसायले पिकअप लिने धारणा राख्नु भयो ।

कृषि औजारदेखि उत्पादन, कपडा, खाद्य परिकार लगायत विभिन्न किसिमका व्यापारको स्टल राखिएको महोत्सवस्थलमा दैनिक झापामा बसोबास गर्ने आदिवासी÷जनजाति समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुँदै आएको महोत्सवका आयोजक संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनुभयो ।

आर्थिक मन्दी, बैंकको ताकेता लगायतका कारणले निराश भएका व्यवसायीलाई महोत्सवले उत्साहित बनाएको मेला आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनु भयो ।