८ मंसिर २०८१, शनिवार

नेशनल ल कलेजका इकाई समिति पनि स्ववियू निर्वाचनमा प्रतिस्पर्धा गर्ने

१२ फागुन २०७९, शुक्रवार
Image

झापा, १२ फागुन । नेशनल ल कलेजका इकाई समितिहरु इतिहासमा पहिलोपटक स्ववियू निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

नेशनल ल कलेजको इकाइ समितिहरु अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र ने.वि.संघको शुक्रवार बसेको सर्वदलीय बैठकले सो निणर्य गरेको हो ।

स्ववियु निर्वाचनको मिति निजिकिदै गर्दा देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थीहरु चुनावि माहोलमा होम्मिन थालिसकेका छन् । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निणर्य गरे सँगै क्याम्पसहरुमा माहोल तातिएको देखिन्छ । 

स्ववियु निर्वाचन देशभरिका त्रिवि अन्तरगत ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थी सहभागी हुँदैछन् । सानेपामास्थित नेशनल ल कलेजमा पनि स्ववियु निर्वाचन गराउन माग गर्दै विद्यार्थीहरुले आन्तरिक तयारी सुरु गरिसकेका छन् । कानूनको विषय पढाई हुने यस कलेजमा ३ वटै संगठन स्ववियु चुनाव गराउन सकारात्मक देखिन्छन् ।