१२ वैशाख २०८१, बुधवार

‘विप्लव’ समूहद्वारा झापामा लघुबित्तमाथि प्रतिबन्ध

१३ फागुन २०७९, शनिवार
Image

मेचीनगर, १३ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ ।

आज पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

यतिबेला बैंक, लघुवित्त संस्था र मिटर व्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी व्यवशायीहरु आक्रान्त बनेको र ऋण अशुलीको नाममा लघुवित्त संस्था, मिटर व्याज र बैंकहरुले गाँउ गाँउ गएर जनतालाई भौतिक र मनोवैज्ञानिक दमन गर्ने कार्य तिब्र पारेको भन्दै उक्त कार्य बन्द गर्न चेतावनी दिएका छन् । 

बैंक तथा वित्तीय संस्थाका कारण  नागरिकहरु आत्महत्या गर्ने अवस्थामा पुगिरहेको भन्दै जनतालाई यो स्थितिमा पुर्याउने यस्ता वित्तीय संस्था र यस्ता अपराधिक गतिविधिलाई संरक्षण गर्ने कमिशनखोर राज्य सत्ताका यस्ता रवैयाहरु अपराध नै भएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ,–‘देशलाई पराधिनताको दुश्चक्रमा फसाउदै आर्थिक संकटको दलदलमा फसाइ सकेको यो दलाल पुँजिवादी संसदीय सत्ताबाट जनताले कुनै अपेक्षा गर्ने स्थिति छैन । बैंक तथा वित्तीय संस्थाहरुले यो विषम परिस्थीतिमा व्याजदर एक अंकमा घटाई सहज र सरल ढंगले ऋण तिर्ने वातावरण बनाउनु पर्छ । मिटर व्याजी टोले गुण्डाहरुले गुण्डागर्दी सहितको आफ्नो मिटरव्याज गतिविधि तुरुन्त रोक्न पर्छ ।

झापा जिल्लामा हाम्रो पार्टी यि सबै विषयलाई मध्यनजर गर्दै बैंक, लघुवित्त संस्था र मिटरव्याजीहरुलाई चेतावनी दिँदै जनताको विचमा संघर्षशिल छ । हामी जनतालाई सहज रुपमा बाच्न दिन, काम गर्ने वातावरण दिन र एक अंकको ब्याजमा सरल तवरले ऋण तिर्ने वातावरण बनाइदिन सम्बन्धित सरोकारवालाहरुसँग अनुरोध गर्दछौँ ।’

चर्को शोषण विरुद्ध शसक्त संघर्ष गर्न आवश्यक रहेको यो परिवेशमा आम जनतालाई संघर्षमा आउन अपिल गर्दछौँ ।