१५ वैशाख २०८१, शनिवार

प्रचण्ड लगत्तै माधव नेपाल प्रधानमन्त्री बन्ने

१३ फागुन २०७९, शनिवार
Image

झापा, १३ फागुन । नेकपा एकीकृत समाजबादीका माधव नेपाललाई दोस्रो चरणमा प्रधानमन्त्री बनाउने विषयमा नयाँ आठ दलीय गठबन्धनमा सहमति भएको छ ।

शुक्रवार नेकपा एससहित आठ दलको बैठकमा उक्त भागबण्डा भएको हो ।भागबण्डा अनुसार पहिलो दुई वर्ष नेकपा माओबादीले प्रधानमन्त्री पद पाउने भएको छ भने अन्तिमको दुई वर्ष नेपाली कांग्रेसले ।

तीन चरणमा भएको सत्ता भागवण्डा बमोजिम दोस्रो चरणको एक वर्ष नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको बताइएको छ ।

शुक्रवार अहिलेको सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको नयाँ गठबन्धनको अभ्यास सुरु गर्नु भएको हो ।

हुन नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न नेकपा एमालेले प्रस्ताव गरेको थियो । उहाँले त्यो प्रस्ताव बमोजिम नेकपा माओबादी र नेपाली कांग्रेससँग कुराकानी अघि बढाउनु भएको थियो । तर, कांग्रेसले राष्ट्रपतिमा अडान नछाडेपछि नेकपा एसलाई दोस्रो चरणमै प्रधानमन्त्री दिने सहमति भएको थियो ।