झापा, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने निणर्य गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण बदलेसँगै राप्रपाले साे निर्णय लिएकाे हाे । आज बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो । परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।