१४ वैशाख २०८१, शुक्रवार

एमालेबाट दुर्गा प्रसाई निष्काशित

१३ फागुन २०७९, शनिवार
Image

झापा, १३ फागुन । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

एमाले प्रदेश १ कमिटीले उहाँलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उहाँलाई कारबाही गरिएको एमाले नेताहरूले बताएका छन् ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गनुभएको थियो । 

यस्तै एमालेले अर्थ तथा योजना विभागको सचिवमा डा. प्रकाश भट्टलाई मनोनयन गरेको छ ।