२ कार्तिक २०८१, शुक्रवार

काँकरभिट्टालाई स्ववियू चुनाव लाग्यो

१४ फागुन २०७९, आइतवार
Image

काँकरभिट्टा, १४ फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन समिति गठन भएको छ ।

सञ्चालक समितिले क्याम्पसका शिक्षा संकाय प्रमुख हेमकुमार खड्काको संयोजकत्वमा ७ सदस्यीय स्ववियु निर्वाचन समिति गठन गरेको हो ।

आगामी चैत ५ गते स्ववियूको चुनाव हुनेछ ।

निर्वाचन समितिको सदस्यमा दुर्गा लुइँटेल, जमुना ढुङ्गाना, फाल्गुणी दाहाल, आशिष उप्रेती, अनिल विष्ट र लम्बोदर पौडेल रहनु भएको छ ।

समितिले संघ संगठनलाई दर्ताका लागि फागुन १९ गतेको समय सीमा दिएर सूचना समेत जारी गरेको छ ।

स्ववियु निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य प्रत्यक्षतर्फ र ७ जना सदस्य अप्रत्यक्षतर्फ गरी १५ सदस्यीय समिति निर्वाचित हुनेछ ।

मतका आधारमा निर्वाचित समानुपातिक सदस्यहरु मध्येबाट उपाध्यक्ष १, सहसचिव १ र ५ जना सदस्यहरु चुनिनेछन् ।