२३ भदौ २०८१, आइतवार

मिनिल्याण्ड स्कूलको वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम

१५ फागुन २०७९, सोमवार
Image

मेचीनगर, १५ फागुन । धाइजन स्थित मिनिल्याण्ड इङ्लिस स्कुलको १५ औँ वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश प्रसाईंको अध्यक्षता तथा प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रूचालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक, आधुनिक तथा युगल गीतमा सामुहिक तथा एकल नृत्य प्रस्तुत गरेको कार्यक्रममा बालबालिकाहरुले चेतनामुलक नाटक, जोक्स लगायतका प्रतियोगिता गरेका थिए ।

कार्यक्रममा प्याब्सनका अध्यक्ष रुचालले विद्यालय राम्रो र गुणस्तरिय शिक्षाका लागि अभिभावकले सक्रियता देखाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा प्याब्सन मेचीनगरका सचिव नेत्र खतिवडा, देवकुल धरणीधर मैनाली, सनसाइन स्कूलका संस्थापक प्रिन्सिपल सुरेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।