१५ चैत २०८०, बिहिवार

प्रदेश १ को नाम ‘कोशी’ स्वीकृत

१७ फागुन २०७९, बुधवार
Image

विराटनगर, १७ फागुन । प्रदेश १ को नाम कोशी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ । 

एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएको हो ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको किराँत लिम्बुवान सगरमाथा प्रदेशको नाम प्रस्तावमा राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।

कोशीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।

संसद्ममा अब मत विभाजन हुनेछ ।