२ कार्तिक २०८१, शुक्रवार

एसपी फुयललाई पितृशोक

१८ फागुन २०७९, बिहिवार
Image

मेचीनगर, १७ फागुन । मेचीनगर निवासी प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयललाई पृतिशोक परेको छ ।

उनका ८७ वर्षीय बुबा खडानन्द फुयलको आज निधन भएको छ । 

लामो समयदेखि दम रोगबाट पीडित फुयलको बुधवार दिउँसो साढे १ वजे मेचीनगर–१० धुलाबारी स्थित निजी निवासमा निधन भएको हो ।

उनलाई एक हप्तादेखि रोगले अलिक बढी च्याप्न थालेको परिवारले जनाएको छ । एक हप्ताअघि रोगले झन सारो पारेपछि भद्रपुरको मेची अस्पताल लगिएको थियो । त्यहाँ अलिक सुधार भएर घर ल्याइएको थियो ।

घरमै आराम गरिरहनु भएका फुयललाई तीन दिनअघि दमले सारो पारेपछि बिर्तामोडको बिर्तासिटी अस्पताल लगिएको थियो । सो अस्पतालमा आईसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि आज घर ल्याइएको थियोे ।

अस्पतालबाट दिउँसो साढे १ वजे घर भित्राउँदै गर्दा घरको गेटैमा निधन भएको परिवारले जनाएको छ ।

उनका तीन छोरा–वुहारीहरु हरि–धनमाया, माधव–उमा र ज्ञानेन्द्र–सिर्जना फुयल तथा दुई छोरी–ज्वाईहरु लीला–डिल्लीराम आचार्य र सीता–जीवन न्यौपाने छन् । उनको श्रीमतीको भने पहिलै निधन भईसकेको छ ।

उनको जेठा छोरा हरि फुयल खेती किसान गर्छन् । माइला छोरा माधव फुयल मेचीनगर–९ स्थित हरि आधारभुत विद्यालयका शिक्षक हुन् भने कान्छा छोरा ज्ञानेन्द्र फुयल एसपी हुन् । उनी हाल जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख हुन् ।