८ वैशाख २०८१, शनिवार

राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुनधारालाई

१८ फागुन २०७९, बिहिवार
Image

झापा, १८ फागुन । राष्ट्रपति रनिङ शिल्ड झापाको १३ औं संस्करणको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।

यसै साता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कास्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो । 

अघिल्लो वर्षको उपाधि विजेता भद्रपुर नगरपालिका यस वर्ष दोस्रो स्थानमा झरेको छ । भद्रपुरले ८ स्वर्ण, ६ रजत र ३ कास्यसहित १७ पदक प्राप्त गर्यो । 

तेस्रो स्थानमा रहेको हल्दिबारी गाउँपाालिकाले ७ स्वर्ण, एक रजत र ९ कास्य गरी १७ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ । 

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधामा सञ्चालन गरिएको प्रतियोगिताको चौथो स्थानमा मेचीनगर नगरपालिका र पाँचौं स्थानमा विर्तामोड नगरपालिका रहे । झापामा १५ वटा स्थानीय तह रहेका छन् ।

यस वर्ष झापाको कनकाई नगरपालिकाको कनकाई मावि, सूर्योदय बोर्डिङ र ग्लोबल बोर्डिङ स्कूलमा प्रतियोगिता सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले जानकारी दिनुभयो । 

यो प्रतियोगितामा छनोट भएका खेलाडी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने उहाँले बताउनु भयो ।

प्रतिनिधसभा सदस्य लालप्रसाद साँवाले उद्घाटन गर्नुभएको प्रतियोगिताको समापन सोमबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा गरिएको थियो ।