१३ वैशाख २०८१, बिहिवार

हात्तीपाइलेको औषधि

झापामा पाँच लाख ३३ हजार बढीले खाए

१९ फागुन २०७९, शुक्रवार
Image

झापा, १९ फागुन । झापामा अहिलेसम्म पाँच लाख ३३ हजार भन्दा बढीले हात्तीपाइले रोगबिरुद्धको औषधि सेवन गरेको पाइएको छ ।

स्वास्थ्य कार्यालय झापाको विहीबार बेलुका सम्मको रिपोर्ट अनुसार पाँच लाख ३३ हजार ८८९ जना नागरिकले हात्तीपाइले रोगबिरुद्धको औषधि सेवन गरेको पाइएको हो ।

‘झापामा १० लाख ११ हजारलाई हात्तीपाइले रोगबिरुद्धको औषधि सेवन गर्ने लक्ष्य छ’, स्वास्थ्य कार्यालयका फोकल पर्सन विश्वनाथ श्रेष्ठले भने–‘आधाले सेवन गरिसकेका छन् । बाँकीलाई आगामी फागुन २५ गतेभित्र खुवाईसक्ने छौँ ।’

हात्तीपाइलेको औषधि खुवाउन यहि फागुन ११ गतेदेखि सुरु भएको थियो । 

औषधि खाँदा ४ जना विरामी

त्यसमध्ये झापामा औषधि सेवन गरेका ४ जना नागरिक विरामी परेका छन् । भद्रपुर, मेचीनगर,  कनकाई नगरपालिका र हल्दिबारी गाउँपालिकाका १÷१ जना विरामी परेका छन् । 

औषधि खाएका भद्रपुरका ८ वर्षीय बालक, कनकाईका ५२ वर्षीय पुरुष, हल्दिबारीका ६० वर्षीय महिला र मेचीनगर नगरपालिकाका ५४ वर्षीय महिला विरामी परेका थिए । 

‘औषधि खाएका सबै जना बेहोस भएका थिए’, स्वास्थ्य निरीक्षक श्रेष्ठले भने– ‘भद्रपुरका बालकलाई मेची अस्पतालबाट थप उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पठाइयोे । बाँकी तीन जनालाई मेची अस्पतालमा उपचार गर्यो । चारै जना विरामी उपचारपछि अहिले घर फर्किए ।’

उनका अनुसार औषधि खाएपछि कसैलाई बान्ता हुने, रिंगटा लाग्ने र बेहोस पनि भए । तर यसको निको पार्ने अरु कुनै औषधि छैन । २ देखि ३ दिनभित्र आफै निको हुने श्रेष्ठको दावी छ ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।