१२ साउन २०८१, शनिवार

दमकको सफलतापछि बिर्तामोडमा खुल्यो डेल्फी

२२ फागुन २०७९, सोमवार
Image

बिर्तामोड, २२ फागुन । दमकको सफलतापछि डेल्फी स्किन क्लिनिक बिर्तामोडमा खुलेको छ ।

खड्का कम्प्लेक्समा डेल्फी स्कीन क्लिनिकको शाखा आइतबारदेखि सञ्चालनमा आएको हो ।

आइतबार एक कार्यक्रमबीच बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईंले क्लिनिकको उद्घाटन गर्नुभयो । 

उहाँले छालासम्बन्धी उपचारका लागि क्लिनिक सञ्चालनमा आउनु सुखद् भएको बताउनुभयो । उहाँले बिरामीलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न समेत आग्रह गर्नुभयो ।

क्लिनिकबाट छालासम्बन्धी सम्पूर्ण रोगको उपचार हुने क्लिनिककी डा. रिती आचार्यले जानकारी दिनुभयो । ‘यहाँबाट ओपीडीसहित सेवा प्रवाह हुन्छ,” उहाँले भन्नुभयो, ‘छाला सम्बन्धी जुनसुकै समस्या भए तापनि यहाँ उपचार हुन्छ ।’

दमकको डेल्फी स्किन केयर अस्पतालमा नेपालसँगै भारतको सिक्किम, दार्जीलिङ, बंगाल लगायतका स्थानबाट दैनिक ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको डा. आचार्यले जानकारी दिनुभयो ।

पूर्वमा छालाका बिरामी धेरै भएकाले क्लिनिक सञ्चालनमा ल्याइएको जनाइएको छ । दमकस्थित अस्पतालमा डा. दिपायन पाण्डेले सेवा दिइरहनु भएको छ । क्लिनिकमा डा. आचार्यसहित चारजनाले सेवा दिनेछन् ।

दमकको डेल्फी स्किन केयर हस्पिटलमा पूर्वी झापाका धेरै सेवाग्राहीले विर्तामोडमा शाखा खोल्न माग गर्दै आउनु भएको हुँदा यो शाखा सञ्चालनमा ल्याइएको हस्पिटलकी व्यवस्थापक मीना ढुंगानाले बताउनुभयो ।